समाज

तिलाका १४ जना युवती ढाका बुनाई सीप विकास तालिमबाट लाभान्वित

जुम्लाको तिला गाउँपालिका –१ मा १ महिने ढाका बुनाई सम्बन्धि पुनर्ताजगीय सीप विकास तालिम सकिएको छ। मंसिर २५ गतेदेखि शुरु भएको उक्त तालिम पुस २५ सकिएको हो।  

उद्योग तथा उपभोक्ता हित सरंक्षण कार्यालय जुम्ला र तिला गाउँपालिकाको आयोजनामा गाउँपालिका–१ मा १ महिने ढाका बुनाई तालिमको आयोजनामा शुरु गरिएको उद्योग तथा उपभोक्ता हित सरंक्षण कार्यालय जुम्लाका प्रमुख श्रिकृष्ण देवकोटाले बताए। सिप सिकौं, स्वरोजगार बनौुं भन्ने मुख्य उदेश्य रहेको उनले बताए।  

उद्योग तथा उपभोक्ता हित सरंक्षण कार्यालय जुम्लाका प्रमुख श्रिकृष्ण देवकोटाले कार्यालयले व्यवसाय सञ्चालन गर्न चाहानेहरुको लागि सहयोग गर्ने बताए। उनले भने महिलाहरुको जिवन स्तर उकास्नको हामी लागि परेको हौँ।  

जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले  महिलाहरुलाई आयआर्जन गर्ने कार्यमा निरन्तरता दिन अपिल गरिन्। सहभागी महिला दिदीबहिनीहरुलाई आफूले तालिमबाट सिकेका सिपलाई व्यवहारमा उतार्न समेत आग्रह गरिन्।

तालिममा गाउँपालिका भित्रका १,६ र ८ वडाका १४ जना युवतीहरुको सहभागीता रहेको थियो। 

प्रकाशित: २६ पुस २०७९ ०७:५५ मंगलबार

जुम्लाको तिला गाउँपालिका –१