समाज

चितवनमा श्रीमानले श्रीमतीको हत्या गरेर आत्महत्या गरेको अनुमान

चितवनमा श्रीमान श्रीमती मृत अवस्थामा फेला परेका छन्। भरतपूर  महानगरपालिका वडा नम्बर २९ स्थित लमजुंगे टोलका २२ वर्षीय प्रेम राना मगर र उनकी श्रीमती २१ वर्षीया  शान्ती भन्ने बुद्दीमाया राना मगर आज बिहान आफनै घरमा मृत फेला परेका हुन्।  

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, श्रीमान  आफ्नै घरको कोठाको बलोमा नाईलनको डोरीको पासो लगाई झुण्डीएको अवस्थामा थिए। उनकी श्रीमती  घर बाहिर आगनमा रहेको अगेनाको छेउमा मृत अबस्थामा  रहेको प्रहरीले जनाएको छ।  मृतक बुद्दीमाया रानाको टाउकोमा चोट रहेको छ।  अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २६ पुस २०७९ ०६:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App