समाज

दुई लुटेरा पक्राउ

काठमाडौं- राजधानीको ठमेल आसपास क्षेत्रमा भएका विभिन्न लुटपाटमा संलग्न आरोपमा प्रहरीले २ जनालाई पक्राउ1 गरेको छ। लौनचौर प्रहरी प्रभागले लुटपाटको आरोपमा राज लामा र बलबहादुर तामाङलाई आज बिहान पक्राउ गरेको हो।

उनीहरुको साथमा ठमेलबाट लुटिएको रु २० हजार र काभ्रे जिल्लाबाट लुटिएको १ लाख २० हजारसमेत बरामद गरेको लौनचौर प्रहरी प्रभागका प्रमुख डिएसपी सोमेन्द्र सिहं राठौरले बताए। उनले यस विषयमा थप अनसुन्धान भैरहेको बताए।

प्रकाशित: १४ श्रावण २०७३ ०५:१३ शुक्रबार

दुई लुटेरा पक्राउ