काठमाडौं- प्रहरीले बालाजुस्थित युरो फाउन्डेसन कन्सल्टेन्सीका सञ्चालक विनोद अधिकारीलाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाले कन्सल्टेन्सीको आवरणमा विदेश पठाउने र रोजगार दिने भन्दै ठगी गरेको आरोपमा अधिकारीलाई बुधबार पक्रेको हो।
महाशाखाका अनुसार विनोदले रामजी अधिकारी, विनोद अधिकारी, आङ्खेवा लिम्बु र विष्णु मल्ललाई अस्ट्रेलिया पठाई रोजगारीसमेत लगाइदिने भनी जनही ५ लाख ८० हजार रुपैयाँ असुलेका थिए।
उनले कन्सल्टेन्सीको आवरणमा अवैध रूपमा अस्ट्रेलिया पठाई कार्गोमा लोड–अनलोड जागिर लगाइदिने भनी पठाउने गरेको अनुसन्धानमा खुलेको छ। उनले मोहन कार्कीबाट ४ लाख, कृष्णा लामिछानेबाट ५ लाख, राजन गौतमबाट ३ लाख, दीपक पन्तबाट १ लाख ५० हजार तथा राजन महर्जन, घनश्याम सापकोटासमेतबाट रकम असुलेका थिए।
प्रकाशित: १३ श्रावण २०७३ ०२:४९ बिहीबार