समाज

एमनेस्टी रिपोर्ट असत्य : प्रहरी

काठमाडौं- नेपाल प्रहरीले कैलाली घटनाका दोषीलाई अनुसन्धान र प्रमाणका आधारमा पक्राउ गरी अदालतसमक्ष पेस गरेको दाबी गरेको छ। प्रहरीले बुधबार विज्ञप्ति निकाल्दै एमनेस्टी इन्टरनेसनलको रिपोर्टमा सत्यता नभएको दाबी गरेको हो।

कैलालीको टीकापुरमा भदौ ७ गते भएको घटनामा प्रहरीका वरिष्ठ उपरीक्षकसहित आठ जनाको मृत्यु भएपछि प्रहरीले जथाभावी गिरफ्तारी र यातना दिएर साविती बयान गराएको एमनेस्टीको रिपोर्टमा उल्लेख छ। प्रहरीका प्रवक्ता डिआइजी माधव जोशीद्वारा प्रेषित विज्ञप्तिमा प्रहरीले कानुनको अधिनमा रही वैज्ञानिक तरिकाले सोधपुछपछि कानुनबमोजिम अदालतमा मुद्दा पेस गरेको जनाएका छन्। एमनेस्टीले अनुसन्धान अधिकृत, सरकारी वकिल र अन्य पदाधिकारीसमेतलाई नसोधी एकलौटी रूपमा रिपोर्ट लेखेकोमा प्रहरीले दुःख व्यक्त गरेको छ।

प्रकाशित: १३ श्रावण २०७३ ०२:४९ बिहीबार

एमनेस्टी रिपोर्ट असत्य प्रहरी