समाज

नारायणीमा यसरी उर्लियो बाढी (फोटो फिचर)

चितवन- नारायणी नदीमा आज यो वर्षकै उच्च बाढी आएको छ। जल तथा मौसम विज्ञान विभाग बाढी पुर्वानुमान शाखाले नदीमा पानीको बहाब बढ्दो क्रममा रहेका कारण देवघाटदेखि तल नवलपरासीको त्रिवेणीसम्मका नदी किनारका वस्तीमा बसोबार गर्नेहरुलाई भोलि विहानसम्म सजग रहन मंगलबार बिहानै सचेत गराएको थियो।

नदी किनार पुरै ढाक्ने गरेरै बाढी आएको छ। नदीको तह खतराको विन्दुभन्दा माथि पुगेको छ। नदीमा पानीको तह आठ दशमलब चार मिटर भए खतरा मानिन्छ । दिउँसो ३ बजे नदीको तह नौ दशमलब छ मिटर पुगेको जिल्ला विसका समितिका सुचना अधिकारी तथा विपद् सम्बन्धि सम्पर्क व्यक्ति बलराम लुईटेलले बताए ।  किनारमा रहेका गैंडाकोटका सुकुम्वासी वस्तीमा पानी पसेको छ । पश्चिम चितवनको मैघौली दिब्यनगर लगायतका क्षेत्रमा कटानको जोखमि बढेको स्थानीय कृष्ण भुर्तेलले बताए ।

 

 

नारायणीमा यसरी उर्लियो बाढी फोटो फिचर