समाज

ट्याक्टरको ठक्करबाट सन्धिखर्कमा एक जनाको मृत्यु

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। लु २ त १७६३ नम्बरको ट्याक्टरले ठक्कर दिंदा सन्धिखर्क नगरपालिका वडा नम्बर–१, तुमकोटका ६७ बर्षिय चन्द्र बहादुर नेपालीको मुत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

गम्भीर घाइते भएका नेपालीको उपचारका क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता कृष्ण घिमिरेले जानकारी दिए। सन्धिखर्क बजारदेखी तुम्कोट जाने क्रममा उनी सवार मोटरसाईकललाई गएराति ट्याक्टरले ठक्कर दिएको थियो।  

ट्याक्टर सहित चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ।  

प्रकाशित: २३ पुस २०७९ १३:२४ शनिबार

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका