समाज

बाढीले दाङको यातायात अवरुद्ध

दाङ–सोमबार बेलुकादेखि परेको अविरल बर्षासँगै  खोलामा आएको बाढीले दाङको जनजीवन प्रभावित बनेको छ। यहाँका खोलाहरुमा आएको बाढीले यातायात सेवा अबरुद्ध छ।  ग्वार खोलामा आएको बाढीका कारण घोराही तुलसीपुर सडक खण्ड अबरुद्ध बनेको छ। विहानैदेखि यात्रुहरु खोला किनारमै अलपत्र परेका छन्।

सोही खोलाले बिहान एउटा मोटरसाइकलसमेत बगाएको छ। रा ३ प ४६२५ नम्बरको मोटरसाइकल खोलाले बगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी कृष्ण प्रसाईंले जानकारी दिनु भएको छ। मोटरसाइकल चालकको सकुशल उद्धार भएको र मोटरसाइकल भने अँझै फेला नपरेको प्रसाईले जानकारी दिए। यो खोलाले गत शुक्रबारपनि हायस गाडी बगाएको थियो। जिल्लाका खोलामा पुल नहुँदा वर्षेनी बाढीले सास्ती दिने गरेको छ।

उता राप्ती नदीमा पनि ठूलो बाढी आएको छ। राप्तीमा बढेको बाढीले देउखुरी क्षेत्रमा बाढी पस्ने जोखिम बढेको छ। नदी आसपासका देउखुरीका बासिन्दाहरु त्रसित बनेका छन्।

 

प्रकाशित: ११ श्रावण २०७३ ०५:२८ मंगलबार

बाढीले दाङको यातायात अवरुद्ध