समाज

पहिरोले कोसी राजमार्ग पुरियो

धनकुटाको खुरिलामा गएको पहिरोले पुरिएकाे कोसी राजमार्ग। तस्बिर: सिद्धराज राई

धनकुटा–धनकुटाको खुरिलामा गएको पहिरोले कोसी राजमार्ग पुरिएको छ । लगातार बर्षा भएपछि सोमबार विहान पहिरो झरेको थियो । ठूलाठूला ढुंगा झरेको कारण सडक पूर्णरुपमा अवरुद्ध भएको छ।
 

ठूलठूला ढुंगाले करिब २० मिटर सडक पुरिएको छ।  ढुंगा पन्छाउन स्काइभेटरको प्रयोग गरिएपनि ठूला  भएकाले पन्छाउन नसकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाले जनाएको छ। कोसी राजमार्ग अबरुद्ध भएपछि धनकुटासहित भोजपुर तेह्रथुम र संखुवासभा  जाने यातायातका साधन बाटैमा अलपत्र बनेका छन्।

यता पहिरोकै कारण भेडेटार राजारानी खण्ड पनि पुर्ण रुपमा अबरुद्ध भएको छ। डाँडा बजार गाबिसको पहिरेमा खसेको पहिरो कारण  सडक अबरुद्ध भएको प्रहरीले बताएको छ।

 

पहिरोले कोसी राजमार्ग पुरियो