समाज

तिलोत्तमाका भूमिहिन लालपुर्जा वितरण

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गाउँका १ सय १० घरधुरीलाई लालपुर्जा वितरण गरिएको छ। गंगोलीयामा एक कार्यक्रमको आयोजना गरी वडा नं. १५ का ३५ र वडा नं. १७ का ७५ गरी १ सय १० घरधुरीलाइ तिलोत्तमाका नगरप्रमुख रामकृष्ण खाँणले जग्गा धनी पुर्जा वितरण गरेका हुन्।  

बर्षौंदेखि भोग चलन गर्दै आएको जग्गाको लालपुर्जा नहुँदा पेशा,व्यवसाय तथा छोराछोरीको अध्ययनका लागि ऋण लिन समेत नपाएर समस्यामा परेका स्थानीयलाइ यसले ठूलो राहत पुग्ने नगरप्रमुख खाँणले बताए। आगामी दुइ बर्ष भित्र गाउँको समस्या समाधान गरी जग्गाधनी पुर्जा वितरण गरिसक्ने उनले बताए। नापी कार्यालय भैरहवाका प्रमुख सुग्रीव यादवले जिल्लाको सबै जसो स्थानीय तहमा गाउँका अन्तर्गतका भूमिहिनहरुलाई जग्गाधनी पुर्जा वितरणको काम अगाडि बढाइएको बताए।

प्रकाशित: २२ पुस २०७९ ०७:४४ शुक्रबार

तिलोत्तमा नगरपालिका