समाज

भन्सार छली भित्र्याइएको चामल बरामद

भन्सार छली वीरगन्ज भित्र्याइएका विभिन्न ब्रान्डका चामल संयुक्त प्रहरीको टोलीले बरामद गरेको छ।

वीरगन्ज महानगरपालिका ११ रानीघाट स्थित गोदाममा भण्डारण गरी राखिएको भन्सार छलीका ९०५ बोरा चामल प्रहरीले बरामद गरेको हो।

वडा प्रहरी कार्यालय बिर्ता र श्रीपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले रानी घाटमा लुकाइ छिपाइ भण्डारण गरी राखिएको कृष्णा साह, सुनिल साह र देवनारायण साहको गोदाम खानतलासी गर्दा चामल क्रमशः २०,२४ र २६ केजीका चामलका ९०५ बोरा बरामद गरिएको पर्सा प्रहरी प्रवक्ता (डिएसपी) दीपक गिरीले जानकारी दिए।

बरामद चामलको १३ लाख ६० हजार ८ सय रुपैयाँ मूल्यांकनसहित थप अनुसन्धान तथा कारबाहीका लागि बुधबार वीरगन्ज भन्सार कार्यालय पठाइएको उनले बताए।

प्रकाशित: २० पुस २०७९ १६:५७ बुधबार