समाज

कर्णालीमा ३ सय ३४ वटा मानव अधिकार उल्लङ्घनका घटना

सन २०२२ मा कर्णाली प्रदेशमा ३ सय ३४ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरु घटेका छन्।

सन २०२३ मा प्रकाशन हुने नेपाल मानव अधिकार वर्ष पुस्तकका लागि मानवअधिकार संस्था अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरु संकलन गरेको हो।

जसमध्ये सबैभन्दा बढी उल्लङ्घनका घटना सुर्खेतमा घटेको छ भने सबैभन्दा कम डोल्पा जिल्ला देखिएको छ। सुर्खेतमा ७२, डोल्पामा ८,दैलेखमा २६,हुम्लामा २६,जाजरकोटमा ४५, जुम्लामा २१, कालिकोटमा १२,मुगुमा १६,सल्यानमा ६० र रुकुमपश्चिमा जिल्लामा  ४२ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरु घटेका बताइएको छ।

आर्थिक अवस्था कमजोर भएका नागरिकहरुबाट उजुरी नआउने भएकाले पनि मानव अधिकार हनन भएका घटना पुर्ण रुपमा बाहिर आउने सकेका छैनन्।

प्रकाशित: २० पुस २०७९ १२:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App