समाज

'हामी ६०१ सांसद दलाल र माफियाको साथमा छौं'

डा.गोविन्द केसीको समर्थनमा नयाँ वानेश्वरमा बिहीबार भएको प्रदर्शन । तस्विरः केशव थोकर

काठमाडौं— बिहीबार बिहानैदेखि काठमाडौंमा झरी परिरहेको थियो। साउने झरीको वास्ता नगरी नयाँ वानेश्वरमा युवाको ठूलो हुल मुखमा कालो पट्टि बाँधेर डा.गोविन्द केसीको समर्थनमा धर्नामा उत्रियो। बिहान १०:३० बजेदेखि सुरु भएको धर्नाका सहभागीले डा.केसीले उठाएका मेडिकल शिक्षा र स्वास्थ्य सेवा सुधारका मागबारे मौन बस्ने ६०१ सांसदहरुप्रति बंग्य गरेका थिए।

सहभागीले 'हामी ६०१ सांसदहरु दलाल र माफियाको साथमा छौं। त्यसैले जनपक्षीय मुद्दामा चुप लाग्न बाध्य छौं', लेखिएका प्लेकार्ड बोकेका थिए। धर्नामा हजारौं युवा विद्यार्थी, लेखक, मेडिकल शिक्षाका विद्यार्थीका लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागिता थियो।

संसद भवन बाहिर प्रदर्शन गर्ने भनिए पनि नयाँ वानेश्वरस्थित संसद भवन बाहिरको स्थान निषेधित क्षेत्र भएकाले एभरेष्ट होटल नजिकै प्रदर्शन गरिएको थियो। नयाँ वानेश्वर क्षेत्रमा बाक्लै सुरक्षाकर्मी परिचालन गरिएको थियो। प्रहरीले नयाँ वानेश्वर चोकभन्दा केही अगाडिसम्म फलामको बार लाएर प्रदर्शनकारीलाई रोकेको थियो।

सोलिडारिटी फर डा. गोविन्द केसी अलायन्सले आयोजना गरेको धर्नाका सहभागीले 'हामी ६०१ सांसदहरु दलाल र माफियाको साथमा छौं। त्यसैले जनपक्षीय मुद्दामा चुप लाग्न बाध्य छौं', लेखिएका प्लेकार्ड बोकेका थिए। धर्नामा हजारौं युवा विद्यार्थी, लेखक, मेडिकल शिक्षाका विद्यार्थीका लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता थियो। मुखमा कालोपट्टि बाँधेका धर्नाकारीले छातीमा डा.केसीको समर्थनमा नारा टाँसेका थिए।

तस्विरः दिनेश गोले

 

हामी ६०१ सांसद दलाल माफियाको साथमा छौं