समाज

विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन व्यावसायी सहमत

 खगेन्द्र अधिकारी

ताप्लेजुङ–ताप्लेजुुङबाट यात्रा गर्ने बिद्यार्थीलाई यातायात भाडामा ४५ प्रतिशत छुट दिन यहाँका व्यावसायी सहमत भएका छन्। केन्द्रीय स्तरमा नीति बनेको लामो समय भएपनि यहाँभने लागु भएको थिएन ।

बुधबार जिल्ला प्रहरी कार्यालयमा बिद्यार्थी संगठन र यातायात व्यवसायीबीच नीति भाडमा छुट दिने सहमति बनेको हो। ‘लामो संघर्ष पनि यसमा सहमति बनेको छ’, बिद्यार्थी नेता प्रजिन हाङवाङले भने। उनका अनुसार तत्कालका लागि कृषि सकड खण्डमा यो नियम लागू हुुनेछैन। पक्की सडक खण्डका हकमा बिहीबारबाटै सहमति लागू हुने गरी सहममति बनेको उनले जानकारी दिए।

अर्का बिद्यार्थी नेता राजुु नेपालीका अनुसार ७ बिद्यार्थी संगठन र यातायात व्यावसायीबीच बसमा ४ र ट्याक्सीमा २ सिट आरक्षण गरिने छ। छुट पाउनका लागि बिद्यार्थी नै हुुनुपर्ने र म्याद भएको परिचय पत्रसमेत रहनुुपर्ने नेपालीले बताए। यसको प्रभावकारी कार्यान्वयनका लागि यातायात व्यावसायी र बिद्यार्थी संगठनबीच निरन्तर समन्वय हुने बिद्यार्थी संगठनले दाबी गरेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुुख, डिएसपी रामबहादुर केसीको समन्वय र सहजीकरणमा सहमति बनेको बिद्यार्थी संगठनहरुले बताएका छन्। सहमति पत्रमा ७ बिद्यार्थी संगठन र यातायात व्यावसायीका टिकेन्द्र नेपालीले हस्ताक्षर गरेको बिद्यार्थी संगठनहरुले जनाएका छन् ।

 

प्रकाशित: ५ श्रावण २०७३ ०९:५४ बुधबार

विद्यार्थीलाई ४५ प्रतिशत छुट व्यावसायी सहमत