समाज

अर्को सूचना जारी नहुँदासम्मका लागी राहदानी वितरण अवरुद्ध

राहदानी विभागले पुस १७ गतेदेखि राहदानी विभागको सिस्टममा समस्या आएको भन्दै राहदानी आवेदनको स्टाटस हेर्ने तथा राहदानी वितरण कार्य अवरुद्ध हुने जनाएको छ। मंगलबार विज्ञप्ति जारी गर्दै राहदानी विभागले यस्तो जनाएको हो।  

विभागले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आजको मितिदेखि अर्को सूचना जारी नहुँदासम्मका लागि माथि उल्लेखित सेवा लिनको लागि विभागमा उपस्थित नभइदिनु हुन सादर अनुरोध छ। यसबाट सेवाग्राहीमा पर्न जाने असुविधाप्रति राहदानी विभाग क्षमाप्रार्थी छ।’ राहदानी विभागले यस्तो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र सिस्टम पूर्ण रूपमा सञ्चालन हुन केही समय लाग्ने भनेको छ।

साथै, नियमित रूपमा राहदानी आवेदनका लागि ुअप्वाइन्टमेन्ट डेटु बुक गरेका सेवाग्राहीहरूलाई बुक गरेको मितिमा बायोमेट्रिकका लागि विभागमा उपस्थित हुन पनि विभागले आग्रह गरेको विभागका निर्देशक दुरपदा सापकोटाले बताएकी छन्।

प्रकाशित: १९ पुस २०७९ ०९:०५ मंगलबार

त्रिपुरेश्वर राहदानी विभाग