समाज

डा.केसीको जीवनरक्षाका लागि बारको ध्यानाकर्षण

काठमाडौं—नेपाल बार एसोसिएसनले चिकित्सा क्षेत्रको सुधारको विषयलाई लिएर अनशनमा बसेका चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक डा.गोविन्द केसीको जीवनरक्षाको पहल गर्न सरोकारवाला पक्षको ध्यानाकर्षण गराएको छ।

बारका महासचिव खम्मबहादुर खातीले प्रेस विज्ञप्ति जारी गरी नेपालको चिकित्सा शिक्षा र सेवा गुणस्तरीय सेवाको अडान राखी पटक–पटक भोक हडतालमा बस्नुभएका केसीको जीवनरक्षाका लागि सम्बन्धित निकाय ध्यान दिनुपर्ने उल्लेख छ।

भोक हडतालका कारण दिनप्रतिदिन उहाँको स्वास्थ्यस्थिति बिग्रँदै गएकाप्रति बारको गम्भीर ध्यानाकर्षण भएको निजको जीवनका रक्षाका लागि पहल कदमी गर्न विज्ञप्तिमा माग गरेको छ। रासस

प्रकाशित: ४ श्रावण २०७३ १४:०८ मंगलबार

डा.केसीको जीवनरक्षाका लागि बारको ध्यानाकर्षण