समाज

विषादी सेवनले एक जनाकाे मृत्यु

बिरा गडाल
बैतडी–  विषादी सेवनबाट बैतडीमा एक जनाको मृत्यु भएको छ। जिल्लाको दक्षिणपूर्वी गाजरी– ८, सन्तडाका ४८ वर्षीय परमानन्द जोशीको मंगलबार बिहान बिष सेवनबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक मोहनप्रसाद पोखरेलले बताए ।

बिहान १० बजेतिर सल्फास नामक बिष सेवन गरी घरमै छट्पटाइरहेका बेला मृतकका भाइ राजेन्द्रले देखेपछि प्रहरीलाई खबर गरिएका थिए।

जोशीलाई उपचारकालागि लैजाँदै गर्दा आज अपराह्न मृत्यु भएको प्रहरीले जनाएको छ।

 

प्रकाशित: ४ श्रावण २०७३ ११:४४ मंगलबार

विषादी सेवनले जनाकाे मृत्यु