समाज

बोधिचित्त मालाको दाना लुट्ने कारागार चलान

बनेपा– काभ्रेपलाञ्चोकमा रु १० लाख बराबरको बोधिचित्तमालाको दाना हातहतियारसहित लुट्ने दुइजनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

जिल्लाको सिसाखानी–३ बस्ने ठकुरानी तामाङको जग्गामा रहेको बयर प्रजातिको बोधिचित्तको रुखमा रहेको दाना झन्डै एक महिनाअघि सिन्धुपाल्चोक जिल्लाको पाङताङ गाविस–४ निवासी कृष्णबहादुर श्रेष्ठ र सोही ठेगाना भएका गोपालबहादुर श्रेष्ठले लुटेका थिए।

उनीहरुलाई जिल्ला अदालत, काभ्रेपलाञ्चोकले सोमबार पुर्पक्षका लागि कारागार चलान गरेको हो। प्रहरीले उनीहरुलाई डाँका मुद्दामा कारागार चलान गरेको प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए। रासस

 

प्रकाशित: ४ श्रावण २०७३ ०९:३९ मंगलबार

बोधिचित्त मालाको दाना लुट्ने कारागार चलान