समाज

डा. केसीको माग पूरा गर्न प्रदर्शन

डा. केसीकाे माग पूरा गर्न दबाब दिन बालुवाटारमा प्रदर्शन गर्दै टिचिङ अस्पतालका डाक्टरहरू। तस्बिर: केशव थाेकर

काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंहकार्कीलाई महाअभियोग लगाउनुपर्नेलगायतमा माग राखी आमरण अनशनमा बसेका डा. गोविन्द केसीको माग पूरा दबाब दिँदै प्रदर्शन हुनेक्रम जारी छ।

आमरण अनशन बसेको दशौं दिनसम्म पनि उनका माग बारे सरकार मौन रहेको भन्दै मंगलबार टिचिङ अस्पतालका मेडिकल डाक्टरहरुले प्रधानमन्त्री  निवास बालुवाटारमा प्रदर्शन गरेका छन्। उनीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले हस्तक्षेप गरी करिब १२ जनालाई पक्राउ गरेको छ। उनीहरुलाई महानगरीय प्रहरी प्रभाग कमलपोखरीमा राखिएको छ। प्रदर्शनमा उत्रिएका उनीहरुले डा. केसीले उठाएमा माग पूरा गर्नुपर्नेलगायतका नारा लगाएका थिए।

 

डा. केसीको माग पूरा गर्न प्रदर्शन