समाज

टुँडिखेलमा पार्किङ्ग निर्माणप्रति अक्युपाई टुँडिखेलको आपत्ति

अक्युपाई टुँडिखेल अभियानले टुँडिखेलमा निर्माण गर्न लागेको पार्किङ्गविरुद्ध आपत्ति जनाएकाे छ। काठमाडौं महानगरले टुँडिखेलमा निर्माण गर्न लागेको पार्किङ्गविरुद्ध आपत्ति जनाएकाे हाे।

सोमबार अभियानले महानगरले टुँडिखेलमा पार्किङ्ग निर्माण गर्न लागेको भन्दै महानगर अगाडि शान्तिपूर्ण विरोध गरेको छ।

खुल्ला मञ्चमा ३ तहको भुमीगत पार्किङ्ग निर्माण गर्न डिपिआर तयार गर्ने महानगरको निर्णयप्रति अभियानले ध्यानाकर्षण भएको जनाएको छ। महानगरभित्र पार्किङ्ग व्यवस्थापनका लागि बेसमेन्टहरुलाई खाली गर्ने अभियान चलिरहेको अवस्थामा महानगरले टुँडिखेलमा पार्किङ्ग स्थल बनाउन खोज्नु गलत भएको अभियानको भनाइ छ। 

टुँडिखेलको विकल्पमा अन्य स्थलमा पार्किङ्ग निर्माण नगरी टुँडिखेलमा नै पार्किङ्ग निर्माण गरेकोप्रति अभियानले आपत्ति जनाएको छ। विकल्प हुँदाहुँदै प्राकृतिक रिचार्ज क्षेत्रलाई महानगरले निवास बनाउन खोजेको र जनताहरुको करलाई अनाहकमा खर्च गर्न खोजेको अभियानले जनाएको छ।

खुल्ला क्षेत्रको महत्वबारे जनचेतना अभिवृद्धि गर्न र पूर्ण टुँडिखेलको स्वतन्त्रताको लागि २०७६ कात्तिक २३ गतेदेखि अक्युपाई टुँडिखेल अभियान चल्दै आइरहेको छ। 

प्रकाशित: १८ पुस २०७९ ०७:३१ सोमबार

अक्युपाई टुँडिखेल