समाज

नियमित अनुदानको चामल डिपोमा पुगेन

जाजरकोट-गत  आर्थिक वर्षमा सरकारले जाजरकोटका लागि छुट्याएको नियमित कोटाको खाद्यन्न जाजरकोटका गाउँमा नपुग्दा स्थानीय मर्कामा परेका छन्।  जिल्ला खाद्य सुरक्षा समितिले  खाद्य संकटग्रस्त जिल्ला घोषणाको सिफारीस गरेकै वर्ष  नियमित कोटाको चामल  जिल्लाका दसेरा र घोगी डिपोमा नपुगेको  हो।

    ‍जिल्लाको पश्चिमि क्षेत्रमा रहेका  दसेरा र पजारुको घोगी खाद्य डिपो मार्फत स्थानीयलाई वितरण गरिने चामल ठेकेदारले नपुर्याएको नेपाल खाद्य सस्थान जाजरकोटका प्रमुख धर्मवहादुर बस्नेतले बताए।

  उनले  नियमित कोटाको चामल पुग्न नसकेपछि अहिले पछि थप अनुदान कोटाको चामल  मुक्ति सप्लायर्सका  प्रोप्राइटर वीरवहादुर वस्नेतले  पुर्याइरहेको  बताए। संस्थानको  अञ्चल कार्यालय नेपालगन्जवाटै  घोगी र दसेरा डिपोमा पुग्नुपर्ने चामल वर्ष भरिनै पुग्न नसके पनि ढुवानीको जिम्मा लिएको विकेन्द्र कन्सट्रक्सन एण्ड विकेन्द्र सप्लायर्सका ठेकेदार र उनको फर्मलाइ कुनै कारबाही भएको छैन। संस्थानको लापरवाहि र ठेकेदारको बेवास्ताले   खाद्य संकटग्रस्त भेगका जनताका लागि छुट्टिएको चामल नपुग्दा पनि सरोकारवाला निकाय मौन बसेका छन्।

जिल्लामा  गत वर्षको  ८ हजार नियमित कोटा मध्य घोगी र दसेरामा  एक हजारका दरले  दुइ हजार क्वीन्टल नियमित चामल छुटिएपनि अहिले सम्म घोगीमा ८६.५० क्वीन्टल मात्र  चामल पुगेको  सस्थानको जाजरकोट कार्यालयले जनाएको छ । तर नेपाल खाद्य संस्थानको  नेपालगन्ज कार्यालयले   घोगीमा २८०.२० क्वीन्टल र दसेरामा  १७०.१० क्वीन्टल चामल पठाइएको जनाएको छ। गाउँमा  चामलको माग धेरै रहेको अब खाद्य अभाव हुने बेला आएकोले यस तर्फ सम्वन्धित निकायले ध्यान दिनु पर्ने पजारुका स्थानीय वीरवहादुर रावतले बताए। उनले ठेकेदारले चामल  ढुवानीमा लापरवाही गरेपनि स्थानीय प्रशासन र अन्य निकाय मौन बसेको आरोप लगाए। 

कार्यालयका अनुसार  घोगीमा २११.३० क्वीन्टल र दसेरामा ४८.९० क्वीन्टल चामल पठाइएको  छ।  जिल्ला सदरमुकाममा  २ हजार ८सय  ३६ क्वीन्टल चामल मौज्दात रहेपनि गाउँमा भने  चामल पुग्नै नसकेको   स्थानीयको भनाइ छ । वर्षात सुरु भएपछि गाउँका डिपोमा चामल पुर्याउन समस्या परेको छ।  

    नायकवाडाको  घाट र रग्दाको चौखा डिपोमा मौज्दात रहेको चामल थोरै भएको र  स्थानीयको माग बढी हुँदै गएको कारण गाउँमा खाद्य संकट चुलिदै गएको स्थानीय गोरखवहादुर सिंहले बताए।

    घोगी र दसेरा डिपोमा चामल  ढुवानी गर्न  ७ पटक सम्म पत्र काट्दा पनि ठेकेदारले वेवास्ता गरेर  चामल ढुवानी नगरेको  नेपाल खाद्य सस्थानको नेपालगन्ज कार्यालयका प्रमुख श्रीमणिराज खनालले वताए। उनले  असार महिना सम्म ठेकेदारलाइ कारबाही गर्दा  ढुवानीमा समस्या आउन सक्ने भएकोले केहि नगरिएको  बताए। दिएको जिम्मेवारी पुरा नगर्ने ठेकेदारलाइ कारबाहीका लागि सम्वन्धित निकायमा पत्र काटिसकिएको  उनको भनाइ छ। प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले   गाउँमा माग भएअनुसारको चामल आपुर्तिका लागि पहल भइरहेको  बताए ।  गाउँमा  खाद्य अभाव र भोकमरीको सम्भावनालाइ मध्य नजर गर्दै  खाद्यन्न सन्चितीकरणको पहल पनि गरिएको उनको  भनाइ छ। 

प्रकाशित: ३ श्रावण २०७३ ०९:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App