समाज

बलात्कारको आरोपमा झाक्री पक्राउ

 बीरगन्ज- बलात्कारको आरोपमा पर्सामा प्रहरीले एक जना झाँक्रीलाई पक्राउ गरेको छ। भारतमा बिहेभई हाल पर्साको जसौलीस्थित माइतामा बस्दै आएकी एक जना १८ बर्षे महिलालाई झारफुकको बाहानामा बलात्कार गरेको आरोपमा जगरनाथपुर ८ का ३८ बर्षे झाक्री हरेन्द्र राय थारुलाई पक्राउ प्रहरीले गरेको हो।

प्रहरीका अनुसार माइत बस्दै आएकी ति महिलाको रोग झरफुले नै निको हुने दावीपछि उनका माइतीले झक्री हरेन्द्रले भनेको स्थानमा पुर्याएका थिए। परिवारले प्रहीलाई दिएको घट्नाबिवरण अनुसार पँचरुखी गाउँको खेतमा बोलाएर आरोपीले परिवारका ब्यक्तिलाई नजिक नआउनु भनी टाढा पठाएका थिए। एकान्त पारी जबरजस्ती करणी गरिरहेको अवस्थामै महिलाका आफन्त र स्थानीयहरुले फेला परेको बताइएको छ। वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले आरोपी हरेन्द्रलाई नियन्त्रणमा लिएको थियो। उनलाई हिरासतमा लिई जबरजस्तीकरणी मुद्दा चलाएको प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बताए।

प्रकाशित: १ श्रावण २०७३ १४:०७ शनिबार

बलात्कारको आरोपमा झाक्री पक्राउ