समाज

गुल्मिमा हत्या गरी फरार युवक प्युठानमा पक्राउ

प्युठान–गुल्मी जिल्लामा हत्या गरी फरार रहेका दुई युवकलाई जिल्ला प्रहरी कार्यालय प्युठानले पक्राउ गरेको छ। पक्राउ पर्नेमा प्युठान अर्खा–९, अर्तुवाङ निवासी वर्ष २२ को लेखनाथ गिरी र वर्ष २० को दिपक गिरी हुन्। यी दुईले शुक्रवार राति गुल्मी जिल्ला बाँझकटेरी–१, बस्ने वर्ष ५९ को छत्र बहादुर सेनलाई हत्या गरी फरार रहेको सूचनाका आधारमा पक्राउ गरेको प्युठान प्रहरी प्रमुख प्रनाउन रन्जितंिह राठौरले जानकारी थिए।

रातिको समयमा बास बस्ने बहाना बनाई नकाव लगाई सेनको घरमा खुकुरी प्रहार गरी हत्यामा संलग्न रहेको बताइएको छ। उनका अनुसार जिल्ला प्रहरी कार्यालय प्युठानले ओखरकोट मच्छिमा स्थापना गरेका चेकपोष्टमा जाँचपास गर्ने क्रममा दुई जना शंकास्पद रुपमा फेला परेका हुन्।
प्रनाउ राठौरका अनुसार हत्यामा संलग्न दिपक गिरीलाई नियन्त्रणमा लिई जिप्रका प्युठानमा ल्याई अनुसन्धान गर्ने क्रममा घटनामा आफूहरु संलग्न रहेकोे स्विकार गरेका छन् ।

अभियुक्त मध्ये लेखनाथ गिरीलाई आवस्यक कारवाहीकालागि जिल्ला प्रहरी कार्यालय गुल्मीको जिम्मा लगाइएको छ। त्यसैगरी हातमा चोट लागेका अभियुक्त दिपक गिरीलाई उपचारका लागि बुटवल पठाइएको छ।

उक्त घटनामा लुटिएका गरगहना तथा मोवाइल थान २ निजहरु चढेको जिपमा लुकाई रहेको अवस्थामा बरामद भएको छ। प्रहरीसँगको बयानमा दुईले रातिको समयमा बास बस्ने बहाना वनाई आफैंले लगेको खुकुरी र सेनको घरमा राखिएको खुकुरी प्रयोग गरी ढाड र खुट्टामा प्रयोग गरी हत्या गरिएको स्विकार गरेका छन्।

 

प्रकाशित: १ श्रावण २०७३ ०३:४३ शनिबार

गुल्मिमा हत्या गरी फरार युवक प्युठानमा पक्राउ