समाज

भारतबाट अवैध रुपमा ल्याइएको कपडा बरामद

भारतबाट अवैध रुपमा ल्याइएको कपडा प्रहरीले बरामद गरेको छ। गुलरिया नगरपालिका–१० बाट प्रहरीले अवैध कपडा शुक्रबार बरामद गरेको हो। 

प्रहरी चौकी मथुराबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध कपडा लोड गरि ल्याएको एउटा मोटरसाइकल समेत बरामद गरेको छ। युपी ४६ सि ५९८८ नंम्बर प्लेटको मोटरसाइकलमा बल्याङकेट, प्रर्दा, बल्याङकेट खोलसहित रेडिमेट कपडा बरामद भएको छ।

प्रहरीका अनुसार बरामद विभिन्न किसिमका कपडाको मुल्य १ लाख ५८ हजार ३ सय बराबर छ। प्रहरीले बरामद गरेको कपडासहित मोटरसाइकल आवश्यक कारबाहीको लागि राजापुर भन्सार कार्र्यालय गुलरियामा बुझाएको प्रहरीले जनाएको छ।

प्रकाशित: १५ पुस २०७९ ११:४८ शुक्रबार

कपडा बरामद