समाज

बलात्कारीलाई सर्वस्वसहित जन्मकैद

बालिका बलात्कार र हत्या अपराधमा सर्वस्वसहति जन्मकैदकाे सजाय सुनाइएका खड्गबहादुर गाहामगर, पूर्णबहादुर ठाडामगर र यामबहादुर रस्काेटी।

सुर्खेत–जिल्ला अदालत सुर्खेतले १० वर्षीया बालिका बलात्कार र हत्यामा संलग्न तीन जनालाई सर्वस्वसहित जन्मकैद सजाय सुनाएको छ । न्यायाधीश कैलाशप्रसाद सुवेदीको एकल इजलासले बालिका बलात्कार र हत्यामा संलग्न कल्याण–१ का पूर्णबहादुर ठाडामगर, नेटा–७ का खड्कबहादुर गाहामगर र नेटा–५ का यामबहादुर रास्कोटीलाई सोमबार उक्त फैसला सुनाएको हो ।

स्रेस्तेदार वीरेन्द्र मल्लका अनुसार तीनै जनालाई जबरजस्ती करणीतर्फ १५ वर्ष कैद र हत्यातर्फ सर्र्वस्वसहित जन्मकैदको फैसला सुनाइएको हो । यस्तै अदालतले पीडित परिवारलाई तीनै जनाबाट जनही ७० हजार रुपैयाँका दरले क्षतिपूर्ति भराउने फैसला पनि सुनाएको छ । ‘घटना विवरण, घटनास्थलबाट बरामद प्रमाण र प्रतिवादीको बयानले पनि १० वर्षीया बालिका बलात्कार र हत्यामा तीनै जनाको बराबर सहभागीता देखियो’ अदालतको फैसलामा उल्लेख छ, ‘नाबालिका बलात्कारमा तीनैजनालाई १५–१५ वर्ष कैद र हत्यामा सर्वस्वसहित जन्मकैद हुने ठहर्छ ।’

२०७१ कात्तिक ३० गते नेटाकी १० वर्षीया बालिकालाई नजिकैको जंगलमा लगेर उनीहरूले सामूहिक बलात्कार गरी हत्या गरेको फैसलाबाट ठहरेको छ । गाउ“ नजिकै बजारमा सामान किन्न गएकी बालिकालाई तीनजनाले बाटोबाटै समाएर जंगलमा लगेर सामूहिक बलात्कार गरी ढुंगाले हानेर मारेको अभियोगमा मुद्दा चलाइएको थियो । हत्या गरिएकी बालिकाका बाबुले अदालतको फैसलाबाट आफू सन्तुष्ट भएको बताए । ‘उनीहरूले गरेको अपराध अनुसार त मृत्युदण्ड सजाय हुनुपर्ने हो,’ उनले भने, ‘तर कानुनमा त्यो नभएकाले अदालतले जे फैसला ग¥यो त्यसमा हामी पूर्ण सन्तुष्ट छौं ।’

जिल्ला न्यायाधीवक्ता देवराज भारतीले प्रहरीको प्रभावकारी अनुसन्धानका कारण पीडितले न्याय पाएको बताए । ‘अनुसन्धान प्रभावकारी भए पीडितले न्याय र पीडकले सजाय पाउँछन्,’ उनले भने, ‘त्यसको एक उदाहरण यो फैसला पनि हो ।’

 

प्रकाशित: २९ असार २०७३ ०१:४२ बुधबार

बलात्कारीलाई सर्वस्वसहित जन्मकैद