तिला गाउँपालिका – १ र २ नम्वर वडा मरुभूमी जस्तै छन्। 'तिला नदी हाम्रो गाउँबाट बगिरहेको मात्र देख्थ्यौँ,पानीको कुनै उपयोग गर्न सकिएको थिएन। खेतीपातीको सिजन आउँदा हामी देवीदेवता महादेवलाई ुहरहर महादेव पानी देऊ, अलिकति पुगेन अरु थपि देऊ भन्दै प्रार्थना गथ्र्यौँ। महिला उपवास बसेर खाली खुट्टामा मन्दिर गएर अगेट्टे बालेर पानीको लागि रातभर प्रार्थना गर्थे। जब हाम्रो प्रार्थना पुरा हुन्थ्यो, अनिमात्र हामी हलोजुवा बोकेर खेत जोत्न जान्थ्यौँ।' लिही लिफ्ट सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष हरिलाल रावतले बताए।
जुम्लाको तिला गाउँपालिकाको लिही र लर्मी गाउँमा सिँचाइका लागि पानीको अभाव प्रमुख समस्या हो। हिउँद र खेतीपातीको समयमा पानीका मुहान सुक्दा कृषकहरू वर्षाको पानीमा मात्रै भर पर्नु परेको थियो। पानीको अभावका कारण यस समुदायले खेतीपाती तथा पशुपालनमा विभिन्न चुनौतीको सामना गर्नु परेको छ। यस क्षेत्रमा फलफूल खेती विशेष गरी स्याउ र ओखर, तथा तरकारी खेतीको उच्च संभावना रहेको छ। कर्णाली राजमार्ग नजिकै छ। उत्पादनलाई राम्रो मूल्यमा बेच्नका लागि बजार उपलब्ध छन्।
तर सिँचाइका लागि पानी नहुँदा किसानले सोचे जस्तो उत्पादन गर्न सकेका छैनन्। तिला नदिको पानी माथि डाँडाको टुप्पोमा पु¥याएर सिँचाइका लागि प्रयोग गर्ने समुदायको सपना थियो। उनीहरु यस कार्यमा सहयोग गर्न सक्ने सहयोगी निकायको खोजिमा थिए।
अनुकुलन कोषको आर्थिक सहयोगमा नेपाल सरकार संघीय वन तथा वातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रमले स्थानीय साँझेदार संस्था पेस नेपाल मार्फत २०१९ देखि ४ वर्षे क्याफ्स कर्णाली परियोजना तिला गाउँपालिकामा पनि लागु भएको थियो।
सोही क्रममा लिहि लिफ्ट सिँचाइ योजना समुदाय र स्थानीय सरकारले प्राथमिकतामा राखेको थियो। सुरुमा लिफ्ट योजना सौर्य उर्जाबाट संचालन गर्ने योजना थियो, तर परियोजनाले उक्त आयोजनाको दिगोपनका लागि निकट भविष्यमा जोडिदै गरेको विद्युत राष्ट्रिय प्रशारण लाइनको सुनिश्चितता पर्खिरहेको थियो।
सन् २०२१ मा राष्ट्रिय प्रशारण लाईन संचालनमा आएपछि मात्र आयोजनाको निर्माण कार्य सुरु गरिएको थियो। अन्ततः पहाडको टुप्पोमा नदिको पानी लिफ्टमार्फत पु¥याएर समुदायको सपना साकार भएको छ। नदीको पानी पहाडको टुप्पोमा चडला भनेर हामी विश्वास गरेका थिएनौँ। तर हाम्रो सपना साकार भयो, अब हामी स्याउ र ओखरसहित अन्य अन्नबालीको खेती सुरु गर्न सक्छौं लिही गाउँकी कृषक नन्ददेवी बोहराले बताइन्।
यस आयोजनाले ३२ हेक्टर जमिनमा सिँचाइ गर्न सक्ने गरी ६० एचपी पम्पिङ संरचना सहितको इन्टेक, १०० केभी विद्युतीय ट्रान्सफर्मर सहितको पावरहाउस, १३२० मिटर मुख्यपाइप लाइन, एक सय घनमिटरको रिजर्भवायर ट्यांकी र ४ वटा ३० घनमिटरका वितरण पोखरी निर्माण गरेको छ। आयोजनाको कुल लागत १ करोड ३५ लाख ११ हजार ४ सय ६२ रुपैयाँ थियो। जसमा समुदायका धेरैजसो घरधुरीले छोटो चरणको रोजगारी प्राप्त गरी आफ्नो बैंक खातामा ज्यालाको रूपमा २५ लाख २४ हजार १८ रुपैया नगद प्राप्त गरेका थिए।
यसले ३३८ घरधुरीलाई प्रत्यक्ष रूपमा फाइदा पु¥याएको र व्यावसायिक फलफूल र तरकारी खेती गर्न मद्दत गर्नेछ, जसले समुदायको आम्दानी बढाउने छ।
प्रकाशित: १४ पुस २०७९ १०:३८ बिहीबार