समाज

फेसबुकबाट महिलाको चरित्र हत्या पक्राउ

काठमाडौँ-नक्कली फेसबुक आईडी बनाएर अश्लिल फोटोहरु पोष्ट गरी चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सुर्खेत भेरीगंगा नगरपालिका–१४ बस्ने २८ बर्षीया गंगा चन्द ठकुरीलाई प्रहरीले पक्राउ गरेको हो।

 ठकुरीले सुर्खेत भेरीगंगा नगरपालिका–१४ बस्ने एक महिलाको नक्कली फेसबुक आईडी बनाई अश्लिल फोटोहरु पोष्ट गरी आफन्त तथा साथीभाईहरु समेतलाई ट्याग गरेको प्रहरीले जनाएको छ। अश्लिल तस्बिर पोष्ट गरि सामाजिक संजाल मार्फत चरित्र हत्या गरेको भन्दै पीडित महिलाले महानगरीय अपराध महाशाखामा निवेदन दिएकी थिइन्।

ठकुरीलाई विद्युतिय कारोवार सम्बन्धी मुद्दामा आवश्यक कारवाहीको लागी आइतबार महानगरीय प्रहरी परिसर काठमाडौँमा पठाइएको जनाइएको छ।

प्रकाशित: २७ असार २०७३ १०:४२ सोमबार

फेसबुकबाट महिलाको चरित्र हत्या पक्राउ