समाज

३० लाख मुल्य बराबरको यार्सागुम्बा सहित पक्राउ

दार्चुला- प्रहरीले जुमा गाउँबाट करिव ३० लाख बराबरको यार्सागुम्बा सहति दुई जनालाई पक्राउ गरेको छ। धारी–३ बस्ने ३५ बर्षीय नरेन्द्र सिंह धामी र हिकिला–३ बस्ने ३० बर्षीय नन्दन बडाललाई प्रहरीले करीव ३० लाख रुपैया बराबरबरको ३ किलो यार्चागुम्बा सहित पक्राउ गरेको जनाएको छ।

उनिहरुलाई  इलाका प्रहरी कार्यालय हुतीबाट गस्तीमा खटिएको प्रहरी टोलीले भारत उत्तराखण्ड स्थित पिथौरागढ धार्चुला नजिक रहेको जुमा गाउँबाट यार्चागुम्बा खरीद गरी लुकाई छिपाई महाकाली नदीको बसेदी घाटबाट तुईन तरेर हुती–६ तर्फ ल्याउदै गरेको अवस्थामा पक्राउ गरेको थियो।

प्रहरीले उनीहरुलाई आवश्यक कानुनी कारवाहीको लागी आइतबार अपी नम्पा संरक्षण कार्यालय दार्चुलामा बुझाएको छ।

प्रकाशित: २७ असार २०७३ १०:३३ सोमबार

३० मुल्य बराबरको यार्सागुम्बा सहित पक्राउ