समाज

दुइ लाख सहित जुवाको खालबाट ९ पक्राउ

काठमाडौं- काठमाडौं महानगरपालिका–१६ उत्तम चोक स्थित फिल्डएयर एडभाण्टेज ट्रेकिङ्गको अफिस कोठामा जुवातास खेलिरहेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।  धादिङ्ग घर भई हाल मनमैजु बस्ने २४ बर्षीय सोम गुरुङ्ग, धादिङ ज्यामुङ–८ घर भएका ३२ बर्षीय भुमिनन्द बोहरा, धादिङ कटुन्जे–७ घर भएका ३३ बर्षीय रमेश सापकोटा सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ।  

महानगरीय प्रहरी कार्यालय इन्टेलिजेन्स शाखा र महानगरीय प्रहरी बृत लैनचौरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई आइतबार नेपाली २ लाख १२ हजार रुपैयाँ, युएस डलर २ सय ६९, मलेसियन रिङ्गगेट १ सय २०, सिंगापुर डलर ७२, जापनिज यन ५० हजार तथा ३ बुक तास सहित पक्राउ गरेको हो।

प्रकाशित: २७ असार २०७३ १०:३० सोमबार

दुइ सहित जुवाको खालबाट पक्राउ