समाज

सीमा क्षेत्रबाट धमाधम तस्करीको सामान पक्राउ गर्दै सुरक्षाकर्मी

नेपाल प्रहरी र सशस्त्र प्रहरीले धमाधम सामान पक्राउ गरिरहेको छ। भारतबाट अवैध रुपमा भित्र्याइएका तस्करीका सामानहरु नेपाल प्रहरी र रौतहट प्रहरीको संयुक्त टोलीले पक्राउ गर्नमा सक्रियता देखाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहट र सशस्त्र प्रहरी बेस क्याम्प फतुवाको संयुक्त प्रहरी गस्ती टोलीले यमुनामाई गाउँपालिका ४ बमनहरमा भारतबाट भन्सार छली ल्याइएको १५ हजार रुपैयाँ बराबरको चिनी र मैदा बरामद गरेको छ।

यसै गरी प्रहरी चौकी मठियाको टोलीले भारतबाट अवैध रुपमा भित्र्याएको पौने दुई लाखको सामान बरामद गरेको छ। लत्मरी गाउँको नजिकबाट दुई ओटा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा ल्याएको बिस्कुट, लेक्टोजिन दुध, खानेतेल, चामल, चिनी र दुई ओटा मोटरसाइकल समेत गरी करिब एक लाख ७३ हजार ६१८ रुपैयाको सामग्री प्रहरीले बरामद गरेको छ।

यसै गरी नेपालबाट भारततिर भारतीय नम्बर प्लेटको बोलेरोमा लैजाँदै गरेको अवस्थमा लाखौँको मदिरा पनि प्रहरीले बरामद गरेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले नेपालबाट भन्सार छली चोरी निकासी गरी सौफी रक्सी लैजाँदै गरेको अवस्थामा पक्राउ गरेको हो। पक्राउ गरेको भारतीय बोलेरे र नेपाली मदिराको मूल्य करिब १२ लाख ८५ हजार ४१८ रुपैया भएको प्रहरीले जनाएको छ।

पक्राउ गरिएका सबै सामग्री र सबारी साधन आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी उमाशंकर प्रसाद यादवले जानकारी गराएका छन् ।

प्रकाशित: ११ पुस २०७९ १३:११ सोमबार

तस्करी