समाज

लम्जुङमा ४.३ रिक्टरको परकम्प

पोखरा—लम्जुङको भुलभुले आसपास केन्द्रविन्दु बनाएर आज परकम्प गएको छ। 

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार दिउँसो २ बजेर ४४ मिनेट जाँदा ४.३ रिक्टर स्केलको परकम्प गएको हो। लम्जुङ र तनहुँको दमौली आसपासका क्षेत्रमा पनि धक्का महसुस गरिएको थियो। 

विसं २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पपछि हालसम्म ४६४ परकम्प गइसकेको उनले जानकारी दिए। रासस 

 

प्रकाशित: २३ असार २०७३ ११:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App