समाज

जुम्लामा प्रमुख सेनानी मृत फेला

जुम्लामा कार्यरत नेपाली सेनाका प्रमुख सेनानी (कर्णेल) अञ्जन रुपाखेती मृत फेला परेका छन्। उनी बाथरुममा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।

नेपाली सेनाको २४ नम्बर बाहिनीमा कार्यरत रुपाखेती बाथरुममा झुन्डिएको अवस्थामा मृत भेटिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका एसएसपी माधव श्रेष्ठले जानकारी दिए।

परिवारका सदस्य आएपछि रुपाखेतीको शव पोष्टमार्टमका लागि पठाउने तयारी गरिएको एसएसपी श्रेष्ठले बताए। प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला सुरक्षा समितिको टिम नेपाली सेनाको २४ नम्बर बाहिनीमा पुगिसकेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ११ पुस २०७९ ०७:०१ सोमबार

नेपाली सेना