समाज

ट्याक्टर र मोटरसाइक जुध्दा एकको मृत्यु

पाँचथर– ट्याक्टरसँग मोटरसाइकल जुध्दा घाइते भएका मोटरसाइकल चालकको उपचारको क्रममा मृत्यु भएको छ । मंगलवार साझ फिदिमको तुम्देन चोक छेउमा ट्याक्टरसँग मोटरसाइकल जुध्दा घाइते भएका  ४३ वर्षीय भवानी भटराईको उपचारका क्रममा झापाको विर्तामोडमा रहेको विएण्डसि अस्पतालमा मृत्यु भएको प्रहरी जनाएको छ ।

फिदिमवाट जोरसाल गहिरको को २ च ४५०७ नम्बरको ट्याक्टरसँग विपरित दिशाबाट आएको  भटराई सवार मे ६ प २३९६ नम्बरको मोटरसाइक जुधेको थिए । गम्भिर घाइते भएका भटराईलाई पाँचथर जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि  विर्तामोड लगिएको थियो । ट्याक्टर चाल झापाको अर्जुनधारा– ३ का डम्मर खवासलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक भटराई शिक्षण पेशामा आवद्ध थिए।

 

प्रकाशित: २२ असार २०७३ ०७:३० बुधबार

ट्याक्टर मोटरसाइक जुध्दा एकको मृत्यु