समाज

पहिरोले गुम्दाको लघु जलविद्युत् अवरुद्ध, २६० परिवार अँध्याराेमा

गोरखा– अविरल वर्षापछि झरेको पहिरोले गोरखाको गुम्दास्थित माग्लुङखोला लघुजलविद्युत् आयोजना फेरि अवरुद्ध भएको छ।

गत वर्ष वैशाख १२ गते गएको भूकम्पले क्षतिग्रस्त भएको लघुजलविद्युत् आयोजना स्थानीयवासीले मर्मत गरेको एक साता नबित्दै पहिरो झरेपछि आजदेखि अवरुद्ध भएको स्थानीयवासी भीमप्रसाद गुरुङले जानकारी दिए।

२५ किलोवाट क्षमताको सो आयोजना अवरुद्ध भएपछि गुम्दाको ६, ७, ८ र ९ वडाका २ सय ६० टहराका भूकम्पपीडितले रातमा बत्ती बाल्न पाएका छैनन् भने कुटानी, पिसानी मिल पनि सञ्चालन नहुँदा स्थानीयवासीले दुःख पाएका छन्।

यस्तै, टेलिफोनका टावर सञ्चालनमा पनि समस्या भएको छ । सो आयोजना मर्मतमा रु १७ लाख खर्च भएको थियो । अहिले पहिरो पन्छाएर आयोजना पुनः सञ्चालन गर्न बजेट अभाव भएको गुरुङले बताए।  रासस

 

प्रकाशित: २० असार २०७३ ०८:४५ सोमबार

पहिरोले गुम्दाको लघु जलविद्युत् अवरुद्ध २६० परिवार अँध्याराेमा