समाज

चार्ल्स शोभराज अहिले ६ बजे स्वदेश प्रस्थान गर्दै

आज बिहान जेलमुक्त भएका चार्ल्स शोभराज साँझ ६ बजे आफ्नो देश फर्कँदै छन्।  

दिनभरी अध्यागमन विभागमा रहेका उनलाई विभागले टिकटको व्यवस्था गरि आजै स्वदेश फकाइदिएको हो।

उनी साँझ ६ बजे कतार एयरवेजको विमानबाट दोहा हुँदै पेरिस जानेछन्।

‘द सर्पेन्ट किलर’का रूपमा कुख्यात शोभराज २०३२ सालमा अमेरिकी नागरिक कोन्नी जो ब्रोन्जिच र क्यानेडियन नागरिक लरेन्ट अरमान्ड क्यारियरेको हत्या अभियोगमा २०६० सालमा नेपालमा पक्राउ परी केन्द्रीय कारागारको गोलघरमा कैद सजाय भोगिरहेका थिए।  

उनलाई जिल्ला अदालत भक्तपुरले २०८० असोज १ सम्म कारागारमा बस्नुपर्ने गरी फैसला सुनाएको थियो। शोभराजले जन्मकैदअनुसार २० वर्ष कैद भुक्तान गर्नुपर्छ। तर उनले २० वर्ष सजाय तोकिएकोमा १९ वर्ष भुक्तान गरिसकेको उल्लेख गर्दै आफूमा असल चालचलन पनि रहेकाले रिहाइका लागि यसअघि नै सिफारिस भइसकेको दाबीसहित  रिट निवेदन गरेका थिए।

प्रकाशित: ८ पुस २०७९ ११:३८ शुक्रबार

चार्ल्स शोभराज