समाज

उपत्यकाको फोहर व्यवस्थापनमा कुनै समस्या छैनःकामनपा

काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा कुनै समस्या नभएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिएका छन्।

उनका अनुसार महानगरपालिकाले उपत्यकाको फोहर व्यवस्थापनको काम नियमित रूपमा गरिरहेको  छ। उनले  भने, ‘फोहर सङ्कलन, ढुवानी र अन्तिम व्यवस्थापनको कार्य रोकिएको वा अवरोध भएको छैन। जनशक्ति, साधन तथा उपकरण नियमित काममा छन्। ’प्रवक्ता मानन्धरका अनुसार आज मात्रै एक सय १९ गाडीबाट फोहर व्यवस्थापन भइरहेको छ। उपत्यकाका १८ स्थानीय तहबाट अहिले दैनिक एक हजार दुई सय मेट्रिक टन फोहर बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ।  

तीमध्ये सबैभन्दा बढी कामपाबाट पाँच सय मेट्रिक टन फोहर निस्किने गर्दछ। उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आइएको थियो। अहिले निजी र कामपाका करिब दुई सय गाडीले दैनिक फोहर व्यवस्थापन गर्दै आएका छन्।

प्रकाशित: ८ पुस २०७९ ०९:०० शुक्रबार

कामनपा