समाज

घरबाट भागेर भारत जानलागेका ३ किशोरको उद्दार

बैतडी– घरबाट भागेर भारत जानलागेका ३ किशोरलाई बैतडीको झुलाघाट नाकाबाट प्रहरीले उद्दार गरेको छ। आइतबार प्रहरीले सिमानाकामा सोधपुछ गर्दा भागेर भारत जान लागेको थाहा पाएपछि सीमा प्रहरीले उद्दार गरेको हो।

मल्लादेही– ८ का १६ वर्षीय वीरेन्द्र धामी, सोही ठाउँकै १६ वर्षकै विनोद धामी  र कोटिला–१ भवनेका १६ वर्षीय वीरेन्द्र जोशीलाई उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक मोहनप्रसाद पोखरेलले बताए।

किशोरहरु हराएको भन्दै उनीहरुका अभिभावकहरुले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा खोजिदिन आग्रह गरेका थिए। अभिभावककले दिएको निवेदनका आधारमा प्रहरीले सीमा क्षेत्रमा चेकजाँचमा कडाइ गरेको थियो। शंका लागेर चेकजाँच गर्दा सीमा प्रहरी चौकी झुलाघाटबाट खटिएको प्रहरी टोलीले सीमा पुलबाट उद्दार गरेको हो। प्रहरी नायवउपरीक्षक पोखरेलले भने, ‘उनीहरु कामका लागि भन्दै भागेर भारत जानलागेको खुलेको छ।’
कक्षा १० मा अध्ययनरत ती किशोर विद्यालयमा बर्खे बिदा भएपछि अभिभावकको मञ्जुरी बिना काम गर्ने भन्दै भारत जान लागेका सीमाचौकी झुलाघाटकासई चक्रदेव पाण्डेयले बताए।

सई पाण्डेयका अनुसार दैनिक करिब १५ जना किशोर अभिभावकको मञ्जुरी लिएर कामका ला िभारत जाने गरेका छन्।

 

प्रकाशित: १९ असार २०७३ १२:२१ आइतबार

घरबाट भागेर भारत जानलागेका किशोरको उद्दार