समाज

बालिकालाई अश्लिल भिडियो देखाउने दहचाेकबाट पक्राउ

काठमाडौं—बालिकालाई अश्लिल भिडियो देखाएको अभियोगमा चन्द्रागिरी नगरपालिका–२ दहचोकबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ। मकवानपुर हेटौंडा नगरपालिका–२ संगम चोक घर भएका ३० बर्षीय सुरेश बानियाँलाई प्रहरीले पक्राउ गरेको हो।

बानियाले शुक्रबार मिलन चोकमा सिन्धुपाल्चोक तातोपानी घर भएकी ७ बर्षीया बालिकालाई घरदेखि केही पर खाली ठाउँमा लगेर अश्लिल भिडियो देखाएका थिए। अश्लिल भिडियोसँगै उनले आप्mनो लिंग समेत देखाएको भनी बालिकाका आफन्तले आइतबार प्रहरीमा उजुरी गरेका थिए। सोही उजुरीका आधारमा प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरी टोलीले बानियालाई पक्राउ गरेको हो।

प्रकाशित: १९ असार २०७३ ११:२१ आइतबार

बालिकालाई अश्लिल भिडियो देखाउने दहचाेकबाट पक्राउ