समाज

परीक्षाफल प्रकाशित

काठमाडौं—त्रिभूवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ मङ्सिर÷पुस महिनामा सञ्चालित व्यवस्थापन सङ्कायतर्फ एमविएस प्रथम वर्ष २०७१ को परीक्षाको परीक्षाफल प्रकाशित गरिएको छ।

त्रिवि सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम अनुसार परीक्षाको मर्यादा विपरीत कार्य गर्ने परीक्षा क्रमाङ्क २५०१४६, २५२०३९, ३९१०६४, ३९३०१८, ५४००२७, ५५००४३, ३२०००१३ र ४५३००२० का परीक्षार्थीलाई २०७३ सालमा सञ्चालन हुने ९२०७२ को० परीक्षासम्म दुई वर्षका लागि त्रिविबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सम्मिलित हुन नपाउने गरी निष्काशन गरिएको छ ।

उक्त परीक्षाको परीक्षाफल वेभसाइट www.educationsansar.com, www.educationkhabar.com, www. edusanjal.com, www.tu.ntc.net.np मा हेर्न सकिनेछ । Nepal Telecom को १६०२ मा डायल गरी प्राप्त निर्देशानुसार थाहा पाउन सकिनेछ भने 4BBS (Space) Roll Number टाइप गरी ४९४९ मा SMS पठाइ प्राप्ताङ्क प्राप्त गर्न सकिनेछ । रासस

प्रकाशित: १८ असार २०७३ ०४:०८ शनिबार

परीक्षाफल प्रकाशित