समाज

मानव बेचबिखन मुद्दाका फरार अभियुक्त ९ बर्ष पछि पक्राउ

मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी रहेकोअ अभियुक्त ९ बर्ष पछि पक्राउ परेका छन। कञ्चन गाउँपालिका–५ बस्ने आरने माईला भन्ने मिन बहादुर बिक कामीलाईप्रहरीले पक्राउ गरेको हो। अदालतले जिल्ला अदालत कपिलवस्तुको २०७४ असार १९ गतेको फैसलाले मानव बेचबिखन मुद्दामा ३० वर्ष कैद, २ लाख ५० हजार रुपैयाँ जरिवाना र १ लाख २५ हजार रुपैयाँ पीडित महिलाहरुलाई क्षतिपूर्ति दिलाउने फैसला गरको थियो। 

 फरार रहेका उनलाई सालझन्डीबाट खटिएको प्रहरीले सैनामैना नगरपालिका–५ बुद्दनगरबाट पक्राउ गरेको हो।   २०७० कात्तिकमा सालिकराम बिकले २ जना महिलालाई प्रलोभनमा पारी दाङ लगेर मिन बहादुरको जिम्मा लगाएका थियो।  मिन बहादुरले भारतको पंजाव लगेर बग्गी नाम गरेको मानिसलाई जिम्मा लगाएको थियो। 

 पीडित महिला आफूहरू बेचिएको थाहा पाएपछि भागेर नेपाल फर्किएर २०७० पुसमा ईलाका प्रहरी कार्यालय कृष्णनगरमा उजुरी दिएकी थिईन। अनुसन्धानको क्रममा प्रतिवादी सालिकराम बिक तत्काल पक्राउ परेका थिए भने फरार मूख्य कसूरदार मिन बहादुर बिकलाई अदालतले उक्त कैद, जरिवाना र क्षतिपूर्ति भराउने फैसला गरेको थियो।  

प्रकाशित: ७ पुस २०७९ ०५:३३ बिहीबार

मानव बेचबिखन कञ्चन गाउँपालिका