समाज

धोबिघाटमा टिपरले ठक्कर दिँदा दुईको मृत्यु

काठमाडौं— ललितपुरको धोबिघाटमा अन टेस्ट लेखिएको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। मोटरसाइकल चालक देवसिंह मल्ल ठकुरी तथा मोटरसाइकल पछाडि बसेकी सृष्टि श्रेष्ठको मृत्यु भएको हो।

प्रहरीका अनुसार टिपरले ठक्कर दिएको बा ७० प ८९२ नम्बरको मोटरसाइकल चलाउने ठकुरी म्याग्दी पिप्लेका हुन्। दुर्घटनामा घाइते हुनासाथ उपचारका लागि उनलाई मेघा अस्पताल पु¥याइएको थियो। चिकित्सकले बाटोमै उनको निधन भएको घोषणा गरे।

दुर्घटनामा घाइते भएकी सृष्टिलाई तत्काल स्टार अस्पताल लगिएकोमा उनलाई पनि चिकित्सकले तत्काल मृत घोषित गरेका थिए।

प्रकाशित: १७ असार २०७३ १२:१२ शुक्रबार

धोबिघाटमा टिपरले ठक्कर दिँदा दुईको मृत्यु