समाज

पोर्चुगल पठाईदिन्छु भन्दै ३६ लाख ठगी गर्ने पक्राउ

काठमाडौं- पोर्चुगल पठाउने भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पोखरा उपमहानगरपालिका–१३ घर भई हाल काठमाडौ कलंकी बस्ने मोहमद इमराम मिया र नवलपरासी प्रगती गाविस–४ का बिश्राम शर्मालाई पोर्चुगल पठाई दिने भनी नगद ३६ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो।
मिया र शर्माले पोखरा उपमहानगरपालिका–२८ का अमृत तामाङ र सोही ठाउँका सुरेश तामाङलाई पोर्चुगल पठाई राम्रो काममा लगाई दिने प्रलोभनमा पारेर पटक पटक गरी उक्त रकम लिएका थिए। उनीहरुले  भिजिट भिषामा दुवै जनालाई दुबई हुँदै जर्जियासम्म पुर्याएर अलपत्र पारेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: १७ असार २०७३ ०७:२३ शुक्रबार

पोर्चुगल पठाईदिन्छु भन्दै ३६ ठगी गर्ने पक्राउ