समाज

राधेराधेमा बोलेरोले ठक्कर दिँदा एक जनाको मृत्यु

भक्तपुर— भक्तपुरको मध्यपुर थिमि—१३ राधेराधेमा भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । भक्तपुरबाट काठमाडौ तर्फ जादै गरेको बा. ५ च. ६४७३ नं. को पानी बोक्ने बोलेरो पिकअप गाडीले बाटो क्रस गर्दै गरेको दोलखा जिल्लाको काभ्रे गाविस वडा नं. ५ घर भएको बर्ष ५० को देवीबहादुर खड्कालाई बुधबार राति आठ बजे ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनालगतै घाइते भई उपचारको लागि नजिकैको मध्यपुर अस्पताल भक्तपुर लगिएकोमा राति आठ बजेर २० मिनेटमा चिकित्सकबाट मृत्यु घोषित गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले बिहीबार जनाएको छ।

लास आवश्यक प्रक्रियापश्चात राति १० बजेपछि पोष्टमार्टमको लागि टिचिङ अस्पताल काठमाडौंमा पठाइएको परिसरका प्रहरी नायव उपरीक्षक शेखर खनालले जनाए। ठक्कर दिने सवारी साधन र चालक जिल्ला सिन्धुपाल्चोक कुभिण्डे ६ बस्ने बर्ष ३३ को रामहरि नेपाली महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १६ असार २०७३ १३:५५ बिहीबार

राधेराधेमा बोलेरोले ठक्कर दिँदा जनाको मृत्यु