विवाहको कार्यक्रममा एक आपसमा झगडा पर्दा पर्सा जिल्ला जिराभवानी गाउँपालिका ४ का ३६ वर्षीय सैमुल्लाह राउतको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी दिपक गिरीका अनुसार स्थानीय सरुम राउतको छोराको विवाहमा नाच्ने विषयमा झै झगडा हुँदा कुटपीटका कारण घाइते भएका सैमुल्लाह राउतको उपचारका क्रममा मृत्यु भएको बताएका छन।मङ्गलवार राती भएको उक्त घटनाको अनुसन्धान भईरहेको पनि जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रकाशित: ६ पुस २०७९ ०७:११ बुधबार