समाज

२४३ उप–आयोजनासँग सम्झौता

काठमाडौं– किसानकालागि उन्नत बीउ बिजन कार्यक्रमले०७२ को जेठसम्ममा कार्यक्रम लागू भएका मध्य ६ पहाडी  जिल्लामा २४३ उपआयोजनासँग सम्झौता गरेको छ। कार्यक्रमले दिएको जानकारी अनुसार औपचारिक बीउ क्षेत्रको विकास सम्भागतर्फ जम्मा १७६ उपआयोजना छन् भने साना पशुपालक किसानको व्यवसायीकीकरणतर्फ जम्मा ६७ उपआयोजनाहरू छन्।

औपचारिक बीउ क्षेत्रको विकास अन्र्तगत भएका सम्झौतामा जम्मा १३२ किसान समूह, ४१ सहकारी, २ एग्रोभेट र बीउ कम्पनी रहेका छन्। कुल ३६ करोड ६ लाख ४९ हजार, ८ सय ४९ रुपैयाँको सम्झौतामा  १६ करोड २२ लाख २५ हजार १ सय ३० किसानकालागि उन्नत बीउ बिजन कार्यक्रमले अनुदानका रुपमा प्रदान गर्छ भने १८ करोड, ८४ लाख २४ हजार ७ सय १९ रुपयाँकिसान स्वयंले व्यहोर्ने छन् ।

कार्यक्रमका अनुसार साना पशुपालक किसानको व्यवसायीकीकरणतर्फ भएका सम्झौतामा मासु बिक्री पसल, प्याराभेट, बाख्रापालन, डेरी फर्म,  आदि रहेका छन्। कार्यक्रमका पशुविकाश संयोजक रामप्रसाद नेउपानेका अनुसार कुल ६७ उपआयोजनामध्ये रोल्पामा २२, रुकुममा १६, अर्घाखाँचीमा १५, गुल्मीमा७, प्युठानमा ६  र सल्यानमा १ छन्।

कार्यक्रमले कृषि सहकारी, कृषक समूह र निजी फार्मलाई अनुदान प्रदान गरेको छ। किसानलाई कार्यक्रमले बीउ उत्पादनका साथ–साथै साना सिंचाई, कृषि यान्त्रिकरण, भण्डारण कक्ष तथा गोदामघर, बालीपशु, कृषि उपज प्रशोधन केन्द्र, ढुवानी प्याकेजिङ, बधशाला र विशेष बजार पूर्वाधारहरूमा समेत सहयोग गरेको छ ।

 

प्रकाशित: १६ असार २०७३ ०६:११ बिहीबार

२४३ उप–आयोजनासँग सम्झौता