समाज

लिम्बुवान अध्ययन केन्द्रद्वारा प्राज्ञिक अक्षय काेषकाे स्थापना

विष्णुदत्त– सरस्वती आङबुहाङ प्राज्ञिक कोष घोषणा गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँला।

काठमाडौं– लिम्बुवान अध्ययन केन्द्रले हालसम्मकै ठूलो धनराशीको प्राज्ञिक अक्षय कोष खडा गरेको छ। बुधबार ललितपुरमा सम्पन्न केन्द्रको बैठकले ‘विष्णुदत्त– सरस्वती आङबुहाङ प्राज्ञिक कोष’ घोषणा गरेको हो। साहित्कार बैरागी काइँलाले सो कोषको घोषणा गरेका हुन्।

अध्ययन अनुसन्धानका लागि स्थापना गरिएको ३० लाख रुपैयाँ धनराशीको प्राज्ञिक कोषको व्याजले वार्षिक रुपमा अनुसन्धानवृत्ति गरिने केन्द्रले जनाएको छ। कोषको संचालन लिम्बुवान अध्ययन केन्द्रले गर्ने बताइएको छ। क्यानडा निवासी विष्णुदत्त आङबुहाङ र सरस्वती कार्की आङबुहाङको आर्थिक सहयोगमा केन्द्रको स्थापना भएको हो।

प्रकाशित: १६ असार २०७३ ०५:४८ बिहीबार

लिम्बुवान केन्द्रद्वारा प्राज्ञिक अक्षय काेषकाे स्थापना