समाज

महानगरले धमाधम हटाउँदै अवैध होर्डिङ बोर्ड

तस्बिरः प्रसन गुरुङ/नगरिक

काठमाडौँ महानगरपालिकाले  बागबजार क्षेत्रको होर्डिङ बोर्ड हटाउन थालेको छ। नियम विपरीत सहरलाई कुरूप बनाई राखिएका होर्डिङ बोर्ड महानगर पालिकाले हिजो  देखि हटाउन थालेको हो । 

कामपाले पछिल्लो समय होर्डिङ बोर्ड हटाउन चासो देखाएको हो। विज्ञापन होर्डिङ बोर्ड, भित्ते लेखन, भित्तामा टाँसिएको पोस्टरलगायत सामग्री हटाउँन थालिएको हो। 

काठमाडौं माहानगरप्रहरीका एसपी राजु पाण्डेका अनुसार काठमाडौँको बागबजार क्षेत्रमा हिजोदेखि होर्डिङ बोर्ड  हटाउँन थालिएको हाे।

उनले भने,‘हामीले काठमाडौं क्षेत्रको होर्डिङ बोर्ड हटाउँन थालिएको झन्डै एक महिना हुन लागेको छ। तर हामीले बागबजार क्षेत्रको भने हिजोदेखि मात्र हटाउँन थालेको है। हामीले दिनमा ५० देखि ६० ओटा होर्डिङ बोर्ड हटाँउछै तर काठमाडौँमा लाखौँ संख्यामा छन् त्यसैले कहिले सकिन्छ थाहा छैन तर हामी यो कामलाई भने निरन्तरता दिन्छौँ।’ 

पाण्डेका अनुसार काठमाडौँको पुतलीसडक क्षेत्रका होर्डिङ बोर्डहरू निकालिएको छ।  महाराजगंज, कालीमाटी, बानेश्वर र बागबजार क्षेत्रमा निकाल्ने क्रम जारी छ। 

महानगरकाे नियमानुसार सार्वजनिक जग्गामा विज्ञापन राख्ने नपाइने, झ्याल ढोका छोपी राख्न नपाइने, विज्ञापन राखेकै भरमा छिमेकीलाई असर पार्न नहुने, सम्पदा भएका स्थानमा समेत राख्न नपाइने व्यवस्था छ।

तस्बिरहरु

प्रकाशित: ५ पुस २०७९ ०९:४८ मंगलबार

काठमाडौं महानगरपालिका होर्डिङ बोर्ड एसपी राजु पाण्डे