समाज

किशोरीको मृत्युपछि रूपनी क्षेत्र तनावग्रस्त

पूर्वपश्चिम राजमार्ग अन्तर्गत रूपनी खण्डमा टिपरको ठक्करबाट १२ वर्षीया किशोरीको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत रुपनीमा टिपरले ठक्कर दिँदा स्कुल जाँदै गरेकी १२ वर्षीया रिताकुमारी यादवको मृत्यु भएको हो।

किशोरीलाई ब्याक गरेर किचेको भन्दै मृतक किशोरीका परिवार र आफन्तले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। चक्काजामसहित प्रदर्शन बढेपछि यस क्षेत्रमा अहिले राजबिरजबाट व्यापक प्रहरी परिचालन गरिएको सप्तरी प्रहरी प्रवक्ता डिएसपी नरेशकुमार सिंहले बताए। प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास र हवाइ फायर गरेको छ। अहिले रूपनीक्षेत्र तनावग्रस्त बनेको छ।

प्रकाशित: ५ पुस २०७९ ०८:०२ मंगलबार

टिपरको ठक्कर पूर्वपश्चिम राजमार्ग