काठमाडौं– बुधबार दिउँसो पश्चिम नेपाललाई केन्द्रविन्दु बनाएर दुईवटा भूकम्पको धक्का महशुस भएको छ। बझाङ केन्द्र विन्दु बनाएर बुधबार दिउँसो २ बजेर ५६ मिनेटमा ५ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। पहिलो भूकम्प गएको १६ मिनेटपछि सोही जिल्ला केन्द्र विन्दू बनाएर ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको केन्द्रले जनाएको छ।
भूकम्पको धक्का महशुस भएपछि स्थानीय घरबाट बाहिर निस्केका थिए मानिसहरु त्रसित भएका थिए। भूकम्पको क्षतिबारे कुनै विवरण आएको छैन।
प्रकाशित: १५ असार २०७३ १०:५३ बुधबार