समाज

शिवनगरको सुन्दरता

कालिकोट-शिवनगरको पूर्वबाट तिला नदि बगिरहेको छ। अनि उत्तरतिरबाट पनि कर्णालीले सुशेली हालीरहेको छ। शिवनगर कर्णाली र तिला नदिको दोभानमा अवस्थित छ। कर्णाली र तिला नदिको सुन्दरताको मोहनीले धेरैजसो मानिसका मनहरु उत्साहीत र रहरलाग्दा हुन्छन्। सायद प्रकृतिले दिएको दुइ सुन्दर नदिले शिवनगरको सुन्दरता अझ बढाएका छन्।  शिवनगर कर्णालीको मुल पर्यटन गेट मानिने जिल्लाको भर्ता गाविस स्थित हुल्म र जितेबजारको विचमा पर्दछ। जिते वजार स्थानीयको मौसमी हाटबजार हो। बजार नजिकै शिवको मन्दीर निर्माण गरिएकाले यो बजारलाई नै शिवनगर जिते बजार भनेर चिन्ने गर्दछन्।
जिल्लाको सदमुकाम मान्म नजिकै रहेको शिवनगरमा जिल्ला बाहिरबाट आएका पर्यटकहरु पहिलो नजर लाग्ने गरेको छ। अधिकांस मानिसहरु शिवनगरको दृश्य नियालेर नै फर्किन्छन्।

 

प्रकाशित: १४ असार २०७३ ११:४७ मंगलबार

शिवनगरको सुन्दरता